Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना परीक्षणका लागि पठाइएका गोरखाका ३८६ जनाको पिसिआर रिर्पोट अझै आउन बाँकी


2.1K
Shares

कोरोना परीक्षणका लागि पठाइएका गोरखाका ३८६ जनाको पिसिआर रिर्पोट अझै आउन बाँकी

गोरखा १, असार गोरखाको पिसिआर बिधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये ३ सय ८६ जनाको रिर्पोट आउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार परीक्षणका लागि पठाइएको ६२ जना महिला र ३ सय ३४ जना पूरुषको कोरोना परीक्षणका लागि रिर्पोट आउन बाँकी रहेको छ । गोरखा जिल्ला भरी अहिलेसम्म ६ सय ८९ जनाको स्वाब संकलन गरि सकिएको कार्यालयले जनाएको छ ।

स्वाब संकलन गरिएका मध्ये ५ सय ५७ जना पुरुष र १३२ जना महिला रहेका छन् । स्वाब संकलन गरि पठाइएका २८९ जनाको भने रिर्पोट प्राप्त भएको स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख छ । जसमध्ये १४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

त्यस्तै जिल्लामा द्रूत परीक्षण बिधिबाट १ हजार १ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । जस मध्ये ८ जनामा रिर्पोट पोजेटिभ देखिएको थियो । उनिहरुको पनि पिसिआर परीक्षणका क्रममा भने रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology