गोरखा ३२, जेठ । केन्द्र सरकारले गोरखाको निर्वाचन क्षेत्र नं. १ को विकासका लागि केही योजनाहरु प्रदान गरेको छ । संघिय सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि खानेपानी निर्माणदेखि पार्क निर्माण सम्मका योजना पारित गरेको हो ।
योजनाहरुमा खानेपानी तर्फ मनकामना वृहत खानेपानी आयोजना शहिद लखन २ र ३, बोर्लाङ वृहत खानेपानी आयोजना भीमसेन थापा गापा ७ र ८, फुजेल वृहत पम्पिड खानेपानी तथा सरसफाई आयोजना गण्डकी ३ र ४, दरौंदी गोरखा वृहत खानेपानी तथा सरसफाई आयोजना गोरखा नगरपालिका, बाह्रमुले धारा खापा आयोजना, मैलुङ खापा आयोजना, आहाले खानेपानी आयोजना आहाले, ऐसुले झाङ खापा अयाोजना गोरखा नगरपालिका १ का लागि बजेट बिनियोजन भएको छ ।
त्यस्तै गुरुङ धारा, अगुल्टाटी खापा आयोजना गोरखा नगरपालिका– ४, वेनिखोला खापा आयोजना गोरखा नगरपालिका५, शिखरपाखा खापा आयोजन गोरखा नगरपालिका–२, केराउने खापा आयोजन गोरखा नगरपालिका–२, पानी पँधेरा खानेपानी आयोजन गोरखा नगरपालिका २, आहालडाँडा खानेपानी आयोजना, डेरागाउँ खानेपानी आयोजना, बगुवा पुनर्वास क्षेत्र खानेपानी आयोजना, ताक्लुड तिनमाने वृहत खानेपानी आयोजना शहिद लखन ३ र ४ का लागि संघिय सरकारले बजेट बिनियोजन गरेको छ ।
संघिय सरकारले बिनियोजना गरेको अन्य खानेपानी आयोजनाहरुमा चुमनुब्री खानेपानी आयोजना चुम १ देखि ५, गण्डकी गाउपालिका ५ दरबुङ वृहत खानेपानी आयोजना, धार्चे वृहत खानेपानी आयोजना धार्चे ऐरिभञ्ज्याड खानेपानी अयाोजना, च्यान डाँडा खानेपानी आयोजना, ल्हो वृृह खानेपानी आयोजना, पन्तारी खानेपानी फुजेल, जलविरे मुहान, भीमपानी खानेपानी चिसापानी, पिपलटार खानेपानी आयोजना, फुजेल खानेपानी आयोजना, चुम्चेत दोश्रो खानेपानी आयोजना, सामागाउँ खानेपानी आयोजना रहेका छन् ।
यसैगरी पर्यटन तर्फ गोरखा नगरपालिका पस्लाड डाँडामा ऐतिहासिक पार्क निर्माणका लागि पुुर्वाधार तयार गर्ने, गोरखा बसपार्क देखि कालिका मन्दिरसम्मको सिढि बाटो स्तरोन्नती गर्ने योजना सहित बजेट केन्द्र सरकारले स्वीकृत गरेको छ । गोरखा नगरपालिकामा नगरबसपार्क निर्माण, गोरखा बजार क्षेत्रको नाला व्यवस्थापन, रेडक्रस भवन देखि आलेगाउँसम्म मोटरबाटो स्तरवृद्धि, , सतिपिपल, पोखराथोक गोरखा दरबार सडक तथा नाला स्तरोन्नतीका लागि पनि संघिय सरकारले बजेट विनियोजन भएको छ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा विद्युत लाईन विस्तारका लागि खोर्लावेशीमा ३३ केभी प्रशासरण लाईनको सवस्टेशन निर्माण हुने भएको छ ।
निर्वाचन क्षेत्र भित्र पर्ने नगरपालिका र गाउँपालिका भित्र, सौर्य उर्जा, सुधारिएको चुलो, बायोग्याँसलाई व्यापक वृद्धि गर्ने गरी बजेट स्वीकृत गरेको छ । सिञ्चाई तर्फ गौडेखोला सिञ्चाई आयोजना गोनपा १,अम्बाटेवेशी लिफ्ट सिञ्चाई योजना गण्डकी, आमगैरा मेत्री तरकारी तथा फलफुल सिञ्चाई योजना भिसेन थापा गाउपालिका ५ मा योजना परेको छ । पक्की पुल बनाउन सम्भव नभएको स्थानमा झोलुङे पुलको योजना परेको छ ।
क्योडमा झोलुङे पुलसामागाउँ, नाम्जुडटार झोलुङे पुल, फिलीम , सिरीजा विही झोलुङे पुल चुमनुब्री ,फिनामखोला ठूलाखेत भगवती थान झोलुङे पुल यसै वर्ष बन्ने भएको छ । त्यसैगरी सरकारले रोजगार सेवा केन्द्रको सञ्चालन, रोजगार सेवा केन्द्रको सुदृढिकरण र विपन्न श्रमिकको ज्याला, युवा उद्यम कार्यक्रम,युवा क्लव गठन तथा नमुना युवा सांसद अभ्यास कार्यक्रम, युवा प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रम, सामाजिक जागरण, रुपान्तरण र समृद्धिका लागि युवा परिचालन, युवा परामर्श कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । यो कार्यक्रम भीमसेन थापा गाउँपालिका भित्र सञ्चालन हुने जनाइएको छ ।