Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

हिरासतका संक्रमित युवकको सम्पर्कमा रहेका गोरखा प्रहरी र कर्मचारी कसैमा पनि भेटिएन कोरोना


2.1K
Shares

हिरासतका संक्रमित युवकको सम्पर्कमा रहेका गोरखा प्रहरी र कर्मचारी कसैमा पनि भेटिएन कोरोना

गोरखा ३२, जेठ । कोरोना संक्रमित युवकको सम्पर्कमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत सवै प्रहरी र कर्मचारीमा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट आज ( आइतबार) प्राप्त बाँकी ३ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएसंगै युवकको सम्पर्कमा रहेका कसैमा पनि कोरोना संक्रमण नभएको पुष्टी भएको हो ।

बलत्कारको आरोपमा पक्राउ परि हिरासतमा रहेका गोरखाको पालुङटार नगरपालिका–७ का युवकमा कोरोना देखिएपछि यहि जेठ २५ गते उनको सम्पर्कमा आएका प्रहरी र सरकारी वकिल कार्यालयका गरि २८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको थियो ।

युवकको सम्पर्कमा आएका इलाका प्रहरी कार्यालय पालुङटारका प्रहरी र युवकको परिवारको भने अझै रिर्पोट आउन बाँकी रहेको छ । बल्लत्कारमा परेकी युवतीको पनि पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology