गोरखा ३१, जेठ बझाङको बुढिगंगा नगरपालिका–२ स्थित बसन्त आधारभुत बिद्यालयमा बसेकी १६ वर्षका गर्भवती महिलाले कोरोना ठिक हुन्छ भन्दै गुज्रो नामक जडिबुटि खाएपछि तल्लो पेट दुख्ने र रक्तस्राव हुने भएको छ ।
पाँच महिनाको गर्भवती लाई दु्रत परिक्षण गर्दा कोरोना देखिएको थियो । शरिरको प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्न गुज्रो नामक जडिबुटि राम्रो हुने हल्ला चलेपछि उहाँले गाउँबाट गुर्जो मगाएर खाएको बताउनुभएको छ । गर्भवती महिलालाई पेट दुख्ने, पिसाब लाग्ने, रक्तस्राब हुने भैरहेको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी आशा थापाले बताउनुभएको छ ।
जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र विश्वकर्माले गर्भवती महिलाको स्वास्थ्य अवस्थामा जटीलता थपीदै गएपछि उनलाइ जिल्ला अस्पताल ल्याउने तयरी गरेको जानकारी दिनुभयो । चिकित्सकहरुले जथाभावी जडिबुटी औषधिहरु नखान आग्रह गरेका छन् ।