गोरखा ३१, जेठ । गोरखा आरघाट गाउँपालिका–२ मान्बु घर भएका कोरोना संक्रमित २५ बर्षिय युवाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्लामा कोरोनाको संक्रमण पुष्टी भई सोहि अस्पतालको आईसोलेसन वार्डमा उपचाररत उनि शनिबार (आज) अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज एक बिज्ञप्ती जारी गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्लाले आरुघाटका युवक कोरोना संक्रमणबाट मुक्त भएको जानकारी गराएको जनाएको छ ।
अहिलेसम्म गण्डकी प्रदेशका १६ जना संक्रमित निको भएर घर फर्कि सकेको निर्देशनालयले जनाएको छ ।