Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

डिउटीमा रहेका सैनिकले आफैलाई गोली हानेपछि…


1.9K
Shares

डिउटीमा रहेका सैनिकले आफैलाई गोली हानेपछि…

काठमाण्डौ ३०, जेठ- काठमाण्डौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सेनाका प्युठ डम्बरबहादुर विष्टको डिउटीकै वेला आफैलाई गोली हानेर आत्माहत्या गरेका छन् । गए राति १२ बजे आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको छ ।

अस्पतालको सुरक्षामा खटिएका बिष्टले डिउटी परिवर्तन हुने समयमा आफैँलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि लगिएको छ।सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार डिउटी फेर्ने समयमा अर्का सिपाही शौचालय गएका वेला उनले आफैँलाई गोली हानेका हुन् ।

विष्ट अस्पतालमा तालिमरत समेत थिए। उनका आफन्त समेत सोही अस्पतालमा कार्यरत छन्। सेनाले घटनाको अनुसन्धान गरिरहेको पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology