Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मुग्लिन-नारायणघाट सडकखण्डको पुलबाट ट्रक खस्यो


2K
Shares

मुग्लिन-नारायणघाट सडकखण्डको पुलबाट ट्रक खस्यो

गोरखा ३०, जेठ । चितवनको मुग्लिन–नारायणगढ सडकमा मुग्लिन नजिकै पुलबाट शुक्रबार (आज ) बिहान ट्रक खसेको छ । पोखराबाट नारायणगढ तर्फ जादैँ गरेको ना ८ ख ५२०० नम्बर ट्रक चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलबाट खसेको हो । दुर्घटनामा परि ट्रकका चालक गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेको परिचय खुल्न भने बाँकी रहेको छ । घाइते चालकको उद्धार गरि भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology