Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

आफैले ढुवानी खर्च तिरेर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखामा पठाए औषधी


6.3K
Shares

आफैले ढुवानी खर्च तिरेर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखामा पठाए औषधी

गोरखा २९, जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफैले ढुवानी खर्च व्यहोरेर स्वास्थ्य कार्यालय गोरखाका लागि स्वास्थ्य सामग्री पठाउनु भएको छ । केन्द्रीय कोरोना विपद व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गोरखाका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्ला कोरोना विपद व्यवस्थापन केन्द्र बुधबार ल्याईपुर्याइएको हो ।

गोरखाका लागि छुट्याएको स्वास्थ्य सामग्री छिटो भन्दा छिटो जिल्लासम्म पुर्याउनका लागि प्रवक्ता श्रेष्ठले ढुवानी बापत लाग्ने सवै खर्च आफैले व्यर्होने गरि स्वास्थ्य सामग्री गोरखा पठाउनु भएको थियो । जिल्लामा ल्याइएको औषधी नेकपाका जिल्ला इन्चार्ज कृष्ण धितालले जिल्लास्तरको कोरोना विपद व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गर्नुभएको नेकपा गोरखा जिल्ला पार्टी सचिवालय सदस्स्य यादव बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्रीमा फेस मास्क ११५ थान, सर्जिकल मास्क २७ हजार थान, इक्जामिनेशन (लुज) ग्लोब्स १४ हजार पाँचसय थान, गमबुट ५३ जोर, इन्फ्रारेड थर्मोमिटर १० थान प्रदान गरिएको हो । त्यस्तै फेससिल्ड १५३ थान, सेफ्टी गगल्स सातसय ६५ थान, गगल्स पोलिकार्वोनेट (रियुजेबल्स) एकसय दुई थान, डिस्पोजेबल गाउन एकहजार चारसय ४० थान, पिपिई एकहजार तीनसय थान, डिस्पोजेबल क्याप एकहजार ४० थान, बायोहजर्ड ब्याग ७० थान रहेको उहाँले जानकारी दिनुभयो ।

सिसिएमसीमार्फत पिसिएमसी हुदै डिसिएमसीमा आउनु पर्ने सामग्री उहाँको पहलमा सिधै डिसिएमसीमा ल्याइएको उहाँले बताउनुभयो । केही दिन पहिले मात्र रास्ट्रिय सभाका सांसद तथा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठको पहलमा क्षेत्र–२ का चार वटा पालिका र दुई वटा हस्पिटलमा स्वस्थ्या सामग्री पठाईएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology