Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

लकडाउनका कारण गोरखा-काठमाण्डौ आउन र जान नपाएको उद्धार गर्न पहल गरिने


3.4K
Shares

लकडाउनका कारण गोरखा-काठमाण्डौ आउन र जान नपाएको उद्धार गर्न पहल गरिने

गोरखा २७, जेठ । बन्दाबन्दीका कारण गोरखा–काठमाडौ आउनजान नपाएर अलपत्र परेकाहरुको तत्काल उद्धारको पहल गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा सोमबार बसेको सर्वपक्षीय बैठकले काठमाण्डौमा अलपत्र परेका गोरखाका नागरिकलाई ल्याउन र काठमाण्डौमा जान नपाएका गोरखाका नागरिकहरुलाई काठमाण्डौ पठाउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकले काठमाडौमा बसोबास उद्योग, व्यापार, व्यवसाय गरि रहेका तर बन्दाबन्दीका कारण गोरखामा रहि काठमाडौँ जान नपाई समस्यामा परेका गोरखावासीहरुलाई काठमाडौ जान र अलपत्र परेकालाई काठमाडौबाट सहज रुपमा ल्याउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology