Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अस्पतालले जागिरबाट हटाएपछि कर्मचारी गरे शरिरमा आगो लगाएर आत्मदाहको प्रयास


1.1K
Shares

अस्पतालले जागिरबाट हटाएपछि कर्मचारी  गरे शरिरमा आगो लगाएर आत्मदाहको प्रयास

अक्षाम २६, जेठ । अक्षामको बयलपाटा अस्पताल परिसरमा एकजना कामदारले सोमबार आत्मदाहको प्रयास गरेका छन्। केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। साफेबगर नगरपालिका स्थायी ठेगाना भएका अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन्।

अस्पतालले आर्थिक अभावको कारण जनाउँदै ३३ जना कर्मचारीको करार सम्झौता थप गरेको छैन । ३३ जनामध्ये आउजी शौचालय सफाई गर्ने कर्मचारी हुन्। तर तत्काल स्थानीय कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए।

गम्भरी अवस्थाका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए। सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गरिएको अस्पताल प्रसासनले दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology