Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टी


1.9K
Shares

गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टी

गोरखा २३, जेठ ।  गोरखाको आरुघाट गाउँपालिकाका एक युवामा कोरोना संक्रमणको पुष्टी भएको छ । हाल जुम्लामा रहेका आरुघाट गाउँपालिकाका–२ मान्वुका २५ बर्षिय युवामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनजनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिनुभयो ।

ति युवा जुम्ला नै कार्यरत रहेको बताइएको छ । उनको स्वास्थ्य अबस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । कणार्ली स्वास्थ्य बिज्ञापन प्रतिष्ठानमा जुम्लामा गरिएको पिसिआर परीक्षणका क्रममा उनिमा कोरोना पुष्टी भएको हो ।कोरोना संक्रमित युवा अहिले पनि जुम्लामै रहेका छन् ।

आरुघाट गाउँपालिकामा अहिलेसम्म ३४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकोमा २६ जनाको रिर्पोट आइसकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिजय श्रेष्ठले जानकारी दिनुभयो । रिर्पोट आएका सवैको रिर्पोट नेगेटिभ भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology