गोरखा २२, जेठ । शिक्षकहरुलाई प्रविधियुक्त बनाउन सीप सिकाउने उद्देश्य सहित गोरखाका शिक्षकहरु संगठित भएका छन् । भिडियो कन्फ्रेन्स मार्फत भएको शिक्षकहरुको भेलाले गोरखा जिल्ला प्रविधिमैत्री शिक्षक समाज गठन गरेको हो । नव गठित समाजको अध्यक्षमा गणेशराज सापकोटा चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा सन्तराम श्रेष्ठ र दुर्गा अधिकारी, सचिवमा प्रकाश पोखरेल र कोषाध्यक्षमा सुमन ज्ञवाली चयन हुनुभएको छ ।
सदस्यहरुमा भिमनारायण श्रेष्ठ, राजेन्द्र रोका, सम्झना श्रेष्ठ, मायानाथ अधिकारी, बेदशर्मा भट्ट, सञ्जय ढकाल, सन्तोष धिताल, गीता सिम्खडा र गणेश परियार चयन हुनुभएको छ । भेलाले प्रदेश प्राविधिक समितिको सदस्यका लागि सुरेन्द्र देवकोटा र अनुपबाबु श्रेष्ठलाई सिफारिस गरेको छ भने प्रदेश प्रतिनिधीमा पुर्णप्रसाद ढकाल चयन हुनुभएको छ ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले विद्यालयहरु बन्द भएका छन् । नियमित रुपमा विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसक्ने यस्तो अबस्थामा अनलाईन एवं सञ्चारका अन्य माध्यमबाट कक्षा सञ्चालनका लागि शिक्षकहरुको सीप विकास गर्ने उदेश्यले समाज गठन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । समाजले शिक्षकहरुलाई प्रविधियुक्त बनाउन तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छ ।