Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा धान कुट्ने मिलले काटेर एक गम्भीर घाइते


2.3K
Shares

गोरखामा धान कुट्ने मिलले काटेर एक गम्भीर घाइते

गोरखा १९, जेठ । गोरखाको भीमसेन थापा गाउँपालिका –३ तान्द्राङमा मिलले हात काटेर गम्भीर घाइते भएका छन् । आफ्नो घरमा धान कुट्ने मिल जडानका क्रममा स्थानीय इश्वरी लामिछानेको गम्भीर घाइते भएका हुन् ।

मिलले काटेर लामिछानेका हात टुक्रिएको स्थानीय शिक्षक श्यामप्रसाद लामिछानेले जानकारी दिनुभयो । घाइतेको पाखुराको हाड र मांसपेशी टुक्रिएको अस्पताललाई उद्धृत गर्दै उहाँले बताउनुभयो । हिजो साँझ घटना भएको र घाइतेलाई तत्काल उपचारका लागि काठमाण्डौ लगिएको स्थानीयले बताएका छन् ।

घाइतेको अहिले काठमाण्डौका वीरअस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology