Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाँकेमा भारतबाट नेपाली लिएर आउदै गरेको बस दुर्घटना : ११ जनाको मृत्यु


1.6K
Shares

बाँकेमा भारतबाट नेपाली लिएर आउदै गरेको बस दुर्घटना : ११ जनाको मृत्यु

बाँके १९, जेठ । भारतबाट नेपाली लिएर सल्यान जादै गरेको बस बाँकेमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि बसमा सवार २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । जिल्लाको राप्ती सोनारीमा नेपालगञ्जबाट छुटेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाईते सबैलाई उपचारको लागि नेपालगञ्ज ल्याईएको छ । घाईते मध्ये ५ जनाको अबस्था गम्भीर रहेको जनाइको छ । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति नेपालगन्जबाट सल्यानका लागि छुटेको ना. ५ ख ५९९५ को फोर्स गाडी राप्तीसोनारी २ मा दुर्घटनामा परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । मृत्तक सबैको शव पोस्टर्माटमका लागि भेरी अस्पतालमा राखिएको छ । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology