गोरखा १२, जेठ । गोरखामा बालिका माथि बलत्कार गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयबासी १७ बर्षका दिपेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका कुमालले गत बैशाख २० गते सोही ठाउँकी १५ बर्षिया बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलत्कार गरेको बताइएको छ । साँझ करिव ५ बजेको समयमा घरमा कोही नभएको मौका छोपी कुमालले बालिका माथि जबरजस्ती करणी गरेको पाइएपछि पिडित परिवारले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
उनि माथि जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालत गोरखाबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।