गोरखा १२, जेठ । गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारीले सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुलाई इद पर्वको अबसरमा शुभकामना दिनु भएको छ । सांसद अधिकारीले आइतबार एक शुभकामना सन्देष जारी गर्नुहुदै इद उल फित्र (ईद) पर्वको अबसरमा सवै सुख, शान्ति र सम्बृद्धिको कामना सहित शुभकामना दिनु भएको हो ।
आफ्नो सन्देषमा सांसद अधिकारीले इद पर्वले देश तथा बिदेशमा रहेका सवै नेपालीहरु धार्मिक तथा सांस्कृतिक विविधताका बीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व कायम गरोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ । इद पर्वले मुस्लिम समुदाय मात्र नभए सम्पूर्ण नेपालीहरुमा पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गर्नुभएको छ ।
सांसद अधिकारीले जारी गर्नुभएको बिज्ञप्तीमा कोरोनाको भाइरस (कोभिड १९) को प्रकोपबाट बिश्व नै आक्रान्त बनेका बेला प्रकोटबाट सुरक्षित रहन बिशेष सतकर्ता अपाउदै पर्व मनाउन पनि सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ ।
उहाँले यस्ता खालका पर्वले नेपाल र नेपालीहरु राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुता कायम गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।