Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गाउँपालिका अध्यक्षले बैठकमै वडाध्यक्षलाई कुटपिट गरेपछि


6.5K
Shares

गाउँपालिका अध्यक्षले बैठकमै वडाध्यक्षलाई कुटपिट गरेपछि

रोल्पा १०, जेठ । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गंजबहादुर क्षेत्रीले गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बैठकमै आफुमाथि कुटपिट गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष कार्यपालिका बैठक चलिरहेको समयमा गाउँपालिकाका अध्यक्ष घर्तीले शुक्रबार साँझ आफूमाथि कुटपिट गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

१४ औं कार्यापालिका बैठक चलिरहेका बेला सवैको अगाडी एक्कासी गाउँपालिकाका अध्यक्ष आएर आफ्नो अनुहारमा मुक्का हान्दै भम्टिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । कुटपिट भएपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गराएको उहाँले बताउनुभयो । घटनाबारे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङले गाउँपालिकामा छलफल भएर कुरा नमिले निवेदनका आधारमा छलफल अगाडि बढाइने जानकारी दिनुभयो ।

उहाँले दुबै जना बिच धकेलाधकेल भएको भन्ने जानकारी आएको बताउनुभयो । यता वडाध्यक्षले आफूलाई झुटो आरोप लगाएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । घटनाबारे प्रहरीमा परेको निवदेन र नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले निकालेको विज्ञप्तिमा झुटा कुरा उल्लेख गरिएको उहाँको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology