गोरखा ८, बैशाख – त्रिवि शिक्षण अस्पताल काठमाण्डौमाबाट सुत्केरी गराएर फर्किएकी गोरखाको शहिद लखन गाउँपालिका–९ नाम्जुङकी २३ बर्षिया एक महिला सहित उहाँको सम्र्पकमा आएका सवैकोे कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा पिसिआर बिधिबाट गरिएको कोरोना परीक्षणका क्रममा सवैको रिर्पोट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
शिक्षण अस्पतालमै सुत्केरी गराएर घर फर्किएकी सिन्धुपाल्चोककी २९ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सम्भावित संक्रमणको जोखिमलाई ख्याल गरि उहाँ सहित उहाँको सम्र्पकमा आएका अन्य ८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि मंगलबार पठाइएको थियो ।
मृतक महिला डिस्चार्ज भएकै दिन बैशाख २५ गते नाम्जुङकी २३ बर्षिय महिला पनि सोही अस्पतालमा सुत्केरी गराउन भर्ना हुनुभएको थियो । स्वास्थ्य कार्यालय गोरखासंगको समन्वयमा परीक्षणका लागि प्रयोगशालामा पठाइएकोे उहाँहरुको स्वाबको रिर्पोट आज आएको गाउँपालिका अध्यक्ष थापा मगरले जानकारी दिनुभयो । सुत्केरी महिला र महिलाको सम्पर्कमा आएका सबै जनालाई अहिले क्वारेन्टिनमा रहदै आउनु भएको छ ।
नाम्जुङकी २३ बर्षिय सुत्केरी महिला २५ गते त्रिबि शिक्षण अस्पताल भर्ना भई २६ गते सुत्केरी गराएर जेठ एक गते नाम्जुङ स्वास्थ चौकीको एम्बुलेन्सबाट गोरखा आउनु भएको थियो । त्यस्तै भारतबाट आर्ई हाल क्वारेन्टाइनमा रहेका अर्का एक व्यक्तिको कोरानो परीक्षणपनि नेगेटिभ आएको अध्यक्षा थापामगरले जानकारी दिनुभयो ।