Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

त्रिबि अस्पतालबाट सुत्केरी गराएर फर्केकी गोरखाकी एक महिला सहित ९ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइयो


4.6K
Shares

त्रिबि अस्पतालबाट सुत्केरी गराएर फर्केकी गोरखाकी एक महिला सहित ९ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइयो

गोरखा ६, जेठ – त्रिवि शिक्षण अस्पताल काठमाण्डौमाबाट सुत्केरी गराएर फर्किएकी गोरखा नाम्जुङकी २३ बर्षिय महिला सहित उहाँको सम्र्पकमा आएका अन्य ७ जनाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरि पठाइएको छ । त्रिवि अस्पतालमै सुत्केरी गराएर घर फर्किएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि कोरोनाको संक्रमण हुन सक्ने आंशकामा उहाँ र उहाँको सम्र्पकमा आएका सवैको परीक्षण गर्न लागिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।

मृतक महिला डिस्चार्ज भएकै दिन नाम्जुङकी ति महिला पनि अस्पतालमा सुत्केरी गराउन भर्ना हुनुभएको थियो । उहाँहरु सवैको पिसिआर बिधिबाट कोरोना परीक्षण गर्नका लागि स्वाब संकलन गरि पठाइएको उहाँले बताउनुभयो । त्यस्तै सुत्केरीलाई गोरखासम्म ल्याउने एम्बुलेन्स चालक २ जनाको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो । गाउँपालिकामा भारतबाट आर्ई हाल क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि मंगलबार स्वाब संकलन गरि पठाइएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा स्वाब संकलन गरि कोरोना परिक्षणका लागि प्रयोगशालामा पठाइएको हो । उहाँहरु सबै जना अहिले गाउँपालिकाले क्वारेन्टाइनमा रहेका छन् । बैशाक २५ गते त्रिबि अस्पतालबाट डिस्चार्ज भएकी सिन्धुपाल्चोककी २९ बर्षिय सुत्केरी महिलाको गत बिहिबार कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

नाम्जुङकी २३ बर्षिय सुत्केरी महिला भने २५ गते अस्पताल भर्ना भई २६ गते सुत्केरी गराएर जेठ एक गते नाम्जुङ स्वास्थ चौकीको एम्बुलेन्सबाट गोरखा आउनु भएको थियो । संक्रमणको जोखिम सवैलाई भएकाले घर बाहिर ननिस्कन र नआत्तिन समेत गाउँपालिकाले सवैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology