Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

प्रेमीसँग मिलेर श्रीमानको हत्या :हत्या लुकाउन हातमा पञ्जा लगाएर घाँटी कसेको खुलासा


1.4K
Shares

प्रेमीसँग मिलेर श्रीमानको हत्या :हत्या लुकाउन हातमा पञ्जा लगाएर घाँटी कसेको खुलासा

विराटनगर, ५, जेठ । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या आफ्नै श्रीमतीले प्रेमीसंग मिलेर गरेको खुलासा भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो ।

व्यवसायी दुलालको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘श्रीमानको हत्याका लागि श्रीमतीकै योजनामा घटना भएको देखिन्छ, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भन्नुभयो, ‘ सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

हत्याको घटना सार्वजनिक हुने त्रासले उनिहरुले हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ । ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। हत्यामा संलग्न दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology