गोरखा ५, जेठ ।
त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा सुत्केरी गराएर फर्केकी सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रणबाट मृत्यु भएपछि गोरखामा शहिद लखन गाँउपालिकाकी एक सुत्केरी महिलाको पनि कोरोना परीक्षण गरिने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ९ नाम्जुङकी ति महिला पनि सोही समयमा त्रिबि अस्पतालबाट सुत्केरी भएर घर फर्किएकी थिइन् । उनि र उनको सम्र्पकमा आएका परिवारका अन्य ५ जनाको पिसिआर प्रबिधिबाट कोरोना परीक्षणको तयारी भइरहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
नाम्जुङकी ति महिला बैशाख २५ गते त्रिबि अस्पतालमा सुत्केरी गराउनु पुग्नु भएको २६ गते सुत्केरी भएपछि काठमाण्डौको डेरामा बसेको गोरखा फर्किएको पाइएको उहाँले बताउनुभयो । सुत्केरी भएपनि उनि नाम्जुङ स्वास्थ्यचौकीको एम्बुलेन्समा घर आएको उहाँको भनाई छ ।
कोरोना संक्रमण नभएपनि सोही अस्पतालमा सुत्केरी गराएर फकिएका एक महिलाको कोरोना संक्रमणकै कारण ज्यान गुमाएको पुष्टी भएकाले उहाँका स्वास्थ परीक्षण गराउदा राम्रो हुने भएकाले परीक्षण गर्न लागिएको हो ।
सवैको आजै स्वाब संकलन गरि पठाउने तयारी भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । संक्रमणको जोखिम सवैलाई भएकाले घर बाहिर ननिस्कन र नआत्तिन समेत गाउँपालिकाले सवैलाई आग्रह गरेको छ ।