गोरखा ४, जेठ । उत्तरी गोरखाको बिकट क्षेत्रका बासिन्दालाई खाद्यान्य सामग्री बितरण गरिएको छ । जिल्लाको धार्चे गाउँपालिकामा पर्ने खोर्लाबेशी र हुल्चुकमा क्षेत्रका बासिन्दालाई शनिबार खाद्यन्न बितरण गरिएको हो ।
फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा त्यस क्षेत्रका बिपन्न, असाहाय र आर्थिक अबस्था कमजोर भएका परिवारलाई खाद्य सामग्री बितरण गरिएकोे संस्थाका अध्यक्ष सोम गुरुङले जानकारी दिनुभयो । संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट त्यसक्षेत्रका २४६ घरपरिवार र, खोर्लाबेशीबाट २३६ घर परिवारका लागि प्रतिपरिवार ३० किलोग्राम चामल, एक लिटर तेल, नुन, सावुन बितरण गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङले खाद्य समस्या भोग्दै आएका तथा दुःखमा परेका समुदायका लागि संस्थाले खाद्य सामग्री बितरण गरेको जानकारी दिनुभयो । उत्तरी गोरखा घर भई विभिन्न मुलुकमा बसोबास गर्दै आईरहेका व्यक्तिहरु आबद्ध सो संस्थाले गोरखा घर भई काठमाण्डौमा बस्दै आएका र बन्दाबन्न्दीका कारण समस्यामा परेका परिवारलाई समेत सहयोग गर्दै आइरहेको छ ।
यस अघि संस्थाले सिङ्ला लगायतका क्षेत्रका बिपन्न परिवारलाई वन संरक्षणमा सहयोग पु¥याउने उद्देस्यका साथ ग्याँस सिलिण्डर, चुल्हो लगायतका सामग्री समेत बितरण गरेको थियो ।