नागरिक सवाल संवाददाता
तनहुँ ३ जेठ । तनहुँको भानु नगरपालिका–१ स्थित अँधेरीखोलामा शनिबार ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । डुम्रे वेंशीशहर सडकखण्ड अँधेरीखोला भन्ने ठाउँमा भएको दुर्घटनामा भानु नगरपालिका–१ भन्सार बस्ने १८ वर्षीय नवीन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनुहँले जनाएको छ ।
भन्सारबाट पुर्कोटतर्फ ढुङ्गा लिएर जाँदै गरेको ग १त ५५०२ नंको ट्र्याक्टरमा सवार परियार एक्कासी खसेर गम्भीर घाइते भएकोमा लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।