नागरिक सवाल संवाददाता
डोल्पा ३, जेठ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा बिष सेवन गर्दा एक जनाको मृत्यु भएको छ । बिष सेवनबाट दुई जना गम्भीर बिरामी परेका छन् ।
मिलेर एकै पटक बिष सेवन गरेका मध्ये श्रीमानको मृत्यु भएको छ भने दुई वटा श्रीमती भने गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । मृत्यु हुनेमा ३२ बर्षिय सुकला कुलाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै गम्भीर बिरामी पर्नेहरुमा सुकलालकी दुई श्रीमती २७ बर्षकी बिन्दु कुलाल र २८ वर्षकी रुप्सी कुलाल रहेका छन् ।
उनिहरु अचेत रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामी दुवैलाई हेलिकोप्टर मार्फत उपचारका लागि सुर्खेत लगिएको छ । घटनाबारे घटनाको थपअनुसन्धान भइरहेको जनाइएको छ ।