Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

माछा मार्न गएका एक पुरुष मृत फेला


1.4K
Shares

माछा मार्न गएका एक पुरुष मृत फेला

स्याङजा ३, जेठ : स्याङ्जाको पुतलीबजार नगरपालिका–११ बेलबासेमा माछा मार्न गएका एक युवक मृत फेला परेका छन् । स्थानीय दरौं खोला माछा मार्न गएका ३३ वर्षीय ईश्वर जिटी मृत भेटिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

खोला किनारमा पुरुषको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतको शव जिल्ला अस्पताल स्याङ्जामा शब पोष्टमार्टमपछि परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

‘माछा मार्ने क्रममा करेन्ट लागेर मरेको हुन सक्ने’ प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology