Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार स्थित जामुने जंगल छेउमा चितुवा मृत अबस्थामा फेला


6.9K
Shares

गोरखाको पालुङटार स्थित जामुने जंगल छेउमा चितुवा मृत अबस्थामा फेला

गोरखा २, जेठ । गोरखाको पालुङटार नगरपालिका– २ जामुुने स्थित जंगलको छेउमा एउटा चितुवा मृत अबस्थामा फेला परेको छ । जंगल नजिकको खेत सानो चितुवा मृत फेला परेको स्थानीयबासी दिनेश नेपालीले जानकारी दिनुभयो । मृत चितुवाको घाँटी चोट देखिएकाले माउ चितुवाले नै मारेको हुनसक्ने स्थानीयबासीहरुले आंशका गरेका छन् ।

मृत चितुवा हेर्दा एकदुई दिन अघि नै मरेको हुनसक्ने अनुमान गरिएको नेपालीले बताउनुभयो । गोठालो जाँदा मृत अबस्थामा चितुवा फेला परेको उहाँको भनाई छ । पालुङटार नगरपालिकाका र बन कार्यालयलाई सो को बारेमा जानकारी गराइ सकिएको उहाँले बताउनुभयो । । पालुङटार नगरपालिका क्षेत्रमा केही दिन अघि चितवाले मानिसलाई गोठालो जादाँ आक्रमण गर्ने क्रममा चितुवा नै मारिएको थियो ।

पालुङटार संग जोडिएको तनहुँको भानु नगरपालिका क्षेत्रमा केही समय यता चितुवाले बालबालिकालाई निरन्तर आक्रमण गर्ने गरेको र गतबर्षदेखि अहिलेसम्ममा ११ जना भन्दा बढि बालबालिकाले ज्यान गुमाई सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology