Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको गण्डकी गाउँपालिकाको चेपाङ बस्तीका स्थानीयले राहत नपाएको गुनासो


5K
Shares

गोरखाको गण्डकी गाउँपालिकाको चेपाङ बस्तीका स्थानीयले राहत नपाएको गुनासो

गोरखा १, जेठ । गोरखाको गण्डकी गाउँपालिका–६ भूम्लिचोक स्थित चेपाङ वस्तीका स्थानीयले राहत नपाएको गुनासो गरेका छन् । लक डाउनका कारण काम नपाउँदा बिहान वेलूकीको छाक टार्न समेत समस्या भएको भन्दै उनीहरुले आफूलाइ स्थानीय तहले पनि नहेरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अधिकांश स्थानीय ज्याला मजदुरी गरेर खाने भएपनि पालिकाले राहत नदिएको स्थानीय गुञ्ज बहादुर चेपाङले गुनासो गर्नुभयो । गाउँपालिका अध्यक्ष होम बहादुर रानाले भने विपन्न घरधुरीलाइ यसअघि नै पहिलो चरणको राहत वितरण भइसकेको बताउनुभएको छ ।

भूकम्पको बेला जस्तो सबैलाइ राहत दिने नभइ अति विपन्न घरधुरीले मात्र राहत पाउने उहाँले बताउनुभयो । गोरखाका स्थानीय तहले अति बिपन्न र आवश्यक परेकाहरुलाइ मात्रै राहत बितरण गरेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology