Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा उच्च सर्तकता : चेकजाँचमा कडाइ गर्न मझुवामा सेना परिचालन


2.8K
Shares

गोरखामा उच्च सर्तकता : चेकजाँचमा कडाइ गर्न मझुवामा सेना परिचालन

गोरखा १, जेठ । कोराना संक्रमितको संख्या बढ्दै गएपछि गोरखामा त्यसकोे उच्च जोखिमलाई ख्याल गर्दै आजदेखि जिल्ला प्रवेश गर्ने सवै नाकामा चेकजाँचमा थप कडाई गरिएको छ । कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समिति गोरखाले गएरातीदेखि जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निणर्य गरेपछि आजेदेखि जिल्लाभर चेकजाँचमा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले जानकारी दिनुभयो ।

अन्य जिल्लाबाट गोरखा प्रवेश गर्ने मुख्य–मुख्य नाकामा नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरी चेकजाँच सुरु गरिएको उहाँको भनाई छ । ‘तनहुँको आँबुखैरेनीबाट गोरखा प्रवेशको मुख्य नाका गोरखा नगरपालिकाको मझुवा देउराली हो, त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी बाह्य प्रवेशलाई कडाई गरिएको छ, उहाँले भन्नुभयो, ‘जिल्ला सुरक्षा समितिको हिजोको बैठकको निर्णय अनुसार उच्च जोखिमलाई ख्याल गर्दै सवै प्रकारको सुरक्षा रणनीति अपनाइएको हो ।’

त्यस्तै धादिङबाट गोरखा भित्रिने आरुघाट पुल, ध्याल्चोकको सिउरेनीटार नाकामा पनि २४ सै घण्टा प्रहरीले चेकजाँच सुरु गरेको उहाँले बताउनुभयो । ‘ति नाकाहरुमा नेपाल प्रहरीको साथमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी पौडलले भन्नुभयो, लडडाउनका थप प्रभावकारी बनाउन सवै नाकामा आबश्यक प्रबन्ध गरी कडाई गरिएको हो ।’

तनहँुबाट गोरखा भित्रिने तुरतुरे पुलमा पनि आजदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी जिल्ला प्रवेश गर्न र आवातजावतमा पनि कडाई गरिएको छ । ‘ सवै नाकाबाट सवारी साधन वा अनाबश्यक हिडडुललाई पूर्ण रुपमा कडाई गरिएको छ, उहाँले भन्नुभयो, बाहिरबाट कोही मान्छे जिल्ला भित्रिन लागे भने सम्बन्धित वडा वा पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर मात्र पठाउने व्यवस्था गरेका छौ ।’

जिल्ला भित्र खाद्य सामग्री ल्याउन गरिएको बाह्य जिल्लामा नै कोरोना संक्रमितको संख्या अत्याधिक बढ्दै गएपछि आजेदेखि जेठ ५ गतेसम्मका लागि जनचाहाना बमोजिम बाह्य जिल्लाबाट खाद्य सामग्री ओसारपसारमा समेत रोक लगाइएको उहाँले बताउनुभयो । ‘खाद्य सामाग्री ल्याउदा आउने चालक र सहचालकबाट पनि संक्रमण सर्न सक्ने जोखिम बढी नै हुन्छ, प्रजिअ पौडेलले भन्नुभयो, ‘हरेक ढंगबाट जिल्लालाई सुरक्षित राख्न सवैपक्ष संग छलफल गरेर काम गरिरहेका छौ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology