राजेन्द्र न्यौपाने
गोरखा २८, बैशाख । गण्डकी गाउँपालिका वडा नं. ८ स्थित सिउरेनी टारमा मरेको मृग काटेको आरोपमा एक जना पक्राउ परेका छन् । आरोपीलाई जिल्ला वन कार्यालय मार्फत गोरखा ल्याइएको हो यसबारेमा अनुसन्धान भईरहेको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ ।
मरेको मृग काटेर भाग उठाउने बेलामा प्रहरी आएपछि सबै भागेका र मासु पाइन्छ की भनेर गएका व्यक्तिलाई भने प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।