गोरखा २७, बैशाख । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडामा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी चालक बिकास बिक गम्भिर घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सदरमुकामबाट शनिबार (आज) बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै २० मिटर तल खसेको प्रत्यक्षदर्शी भनाई छ ।
दुर्घटनामा परी गम्भीर घाईते भएका बिकको पेटमा गहिरो चोट लागेको छ । ट्रकमा सवार अन्य दुई जनाको अबस्था भने सामान्य रहेको जनाइएको छ ।