Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

हत्याको बदला लिन  चिर्पट प्रहार गरि भिनाजुको हत्या


1.5K
Shares

हत्याको बदला लिन  चिर्पट प्रहार गरि भिनाजुको हत्या

खोटाङ २६ बैशाख । खोटाङमा आफ्नै सालोले चिर्पट प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार साँझ मृत्यु भएको हो । कान्छी श्रीमती तर्फका सालोको चिर्पट प्रहारबाट पृतीलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो । घटनामा संलग्न मिलन र उनका २० वर्षीय भाई जीवन राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

२०६४ साल कात्तिक ३ गते आफ्नै सासु र कान्छी श्रीमती हत्या गरेका पृतीलाल ८ वर्ष ६ महिना १३ दिनको कैंद भुक्तान गरेर २०७३ साल जेठ १५ गते जिल्ला कारागार शाखा दिक्तेलबाट छुटेका थिए ।

१२ वर्षअघि हत्या गरिएका तिनै कान्छी श्रीमतीका भाईले पुनः पृतीलालको कतव्र्य गरी हत्या गरेको प्रहरीले जनाएको छ । जेलबाट छुटेपछि सुनसरीमा बस्दैआएका पृतीलाल आफन्तको बिहेका लागि लकडाउन अगाडि गाउँमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology