Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते


1.6K
Shares

बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते

गुलरिया २५, वैशाख, । बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते हुनुभएको छ । बिहीबार दिउँसो करिब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासी आक्रमण गरी उहाँलाई घाइते बनाएको हो ।

आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले जानकारी दिनुभयो । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology