Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकामा दादुरा रुवेला बिरुद्धको खोप अभियान सुरु


2.4K
Shares

गोरखा नगरपालिकामा दादुरा रुवेला बिरुद्धको खोप अभियान सुरु

गोरखा २५, बैशाख । गोरखा नगरपालिका भित्र बिहिबार (आज) दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । जिल्लामा केही साता देखी दादुराको प्रकोप देखिन थाले पछि नगरपालिकाले आफ्नो सबै वडामा दादुरा–रुबेला खोप अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

अभियान अन्र्तगत ६ महिना देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ को साथै जुकाको औषधी खुवाउने’ र ‘९ महिना देखी ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्वको खोप लगाउन शुरु गरिएको हो । दादुरा–रुबेला अभियान तत्कालै सञ्चालनमा नल्याए महामारीको रुप लिन सक्ने आकल गर्दै नोबल कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणका बेला पनि खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आजदेखि भोली र पर्सी गरी ३ दिन यो अभियान सञ्चालन गर्नेछ । अभियानमा ३ हजार ८०० बालबालिकालाई खोप र भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखेको छ । १४ वटा वडा रहेको नगरपालिकामा ४९ खोप केन्द्र रहेको नगरपालिका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology