Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

एकै परिवार भित्रका १७ जनामा कोरोना संक्रमणपछि वीरगञ्जमा त्रास


1.6K
Shares

एकै परिवार भित्रका १७ जनामा कोरोना संक्रमणपछि वीरगञ्जमा त्रास

काठमाडौं २४ बैशाख । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका छपकैयाका एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कसरी संक्रमण भयो भन्नेतर्फ चिन्ता र चासो हुन थालेको छ । गत बैशाख १९ गते ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाको पहिचान गरी परिक्षण गर्दा अन्य १७ जनामा कोरोना संक्रमण देखियो ।

३२ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा १७ जनामा संक्रमण कोरोना संक्रमण देखिनु चिन्ताको विषयको भएको नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउछन् । एक जनाबाट अन्य १७ जनामा कोरोना संक्रमण देखिएपनि पहिलो संक्रमितामा कोरोना संक्रमण कसरी भयो भन्नेमा परिवारको सदस्य र सरकारी निकायले एकिन गर्न सकेको छैन । संक्रमित १७ जनामध्येमा ६६ वर्षीय पुरुषदेखी सुत्केरी महिलासहित २ महिने शिशुसमेत रहेका छन् ।

वीरगञ्ज देखिएका कोरोना संक्रमितहरुको उपचार नारायणी अस्पतालमा भइरहेको छ । अहिले नारायणी अस्पताललाई कोभिड अस्पताल तोकिएको छ । यो अस्पतालमा २८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology