Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय


4.6K
Shares

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाण्डौं २४, बैशाख । सरकारले कोरोना नियन्त्रणका लागि मुलुकभर आह्वान गरेको लकडाउन अर्थात बन्दाबन्दीको आदेशलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दीको समयावधि लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित बन्दाबन्दी वैशाख २५ अर्थात् भोलि मध्यराति सकिँदैछ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

लामो समयदेखिको बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ । हिजो बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्न अनि त्यसअनुसार बन्दाबन्दी कडा वा खुकुलो बनाउने प्रस्ताव पेश भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत नहुनुभएको बुझिएको छ ।

भारतमा सङ्क्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले अहिले नै बन्दाबन्दी खोल्न वा खुकुलो बनाउन नहुने प्रधानमन्त्रीले बताउनुभएको हो । नेपालमा परीक्षण पनि पर्याप्त गर्न नसकिएकाले तत्कालै खोल्न नहुने प्रधानमन्त्रीको तर्क छ । सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । अन्तराष्ट्रिय सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाइ गर्ने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology