Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा छिमेकीको गोरु काटेको आरोपमा एक पक्राउ


1.3K
Shares

गोरखामा छिमेकीको गोरु काटेको आरोपमा एक पक्राउ

गोरखा २३, बैशाख । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ स्थित थानिस्वाँरामा काटेर आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका शिव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीले छिमेकी ४८ बर्षिय ऋषीराम नेपालीको गोरु गाउँबाट करिव आधा किलोमिटर टाढा लगेर काटेको अबस्थामा फेला परेको प्रहरीको भनाई छ ।

घटनाको जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय हर्मीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा गोरु काटेको पाइएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology