सप्तरी २२, बैशाख । नेपाल–भारत सिमा नाकामा खटेका एक प्रहरीका असईको मृत्यु भएको छ । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर १ स्थित देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको बेहोस भएर मृत्यु भएको हो ।
ड्युटीमा खटिरहेका बेला उहाँको मृत्यु भएको सशस्त्र प्रहरीका प्रदेश नम्बर दुईका डिआईजी राजु अर्यालले जानकारी दिनुभयो । उहाँको मृत्युबारे अन्य कारण खुल्न नसकेको डिआईजी अर्यालले बताउनुभयो ।
उहाँले पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने अर्यालको भनाई छ । मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।