Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सालीसंग प्रेम सम्वन्ध रहेपछि श्रीमतीको हत्या


1.5K
Shares

सालीसंग प्रेम सम्वन्ध रहेपछि श्रीमतीको हत्या

धनुषा २२, बैशाख । धनुषामा सालीको प्रेम सम्वन्धमा रहेका एक श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला नगरपालिका ९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नो सालीसँगको प्रेम सम्बन्धका कारण २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको हो ।

श्रीमान चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरि जंगलमा गाडेको बयान प्रहरी समक्ष दिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

श्रीमती हत्या गर्नुअघि नै चौहानले खाडल खनि तयार पारेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालयले जनाएको छ । बयानको आधारमा प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।

हत्यापछि उनले पत्नी हराएको भन्दै प्रहरीले उजुरी समेत दर्ता गराएका थिए । मृतक विणाको ४ वर्षकी एक छोरी र साढे २ वर्षका एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology