काठमाण्डौं २२, बैशाख । धनकुटामा पानीको ट्याङ्कीमा डुब्दा एक बालिकाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–१ हिलेमा रहेको तितुङ टोलका राजीव तितुङकी १८ महिने छोरी सिर्जनाको घरमै राखिएको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
आइतबार खेल्ने क्रममा पानीको ट्याङ्कीभित्र खसेर डुब्दा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।अभिभावक अन्य काममा व्यस्त भएका बेला खेल्दै जाने क्रममा पानीको ड्रम भित्र खसेर बालिकाको ज्यान गएको हो ।