Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा चण्डीपूर्णिमा भीडभाड गरी नमनाउन प्रसासनको आग्रह


4.2K
Shares

गोरखामा चण्डीपूर्णिमा भीडभाड गरी नमनाउन प्रसासनको आग्रह

गोरखा २१, बैशाख । जिल्ला प्रसासन कार्यालय गोरखाले यही बैशाख २५ गते परेको वुद्ध धर्मावलम्बीहरुको ठूलो पर्व वुद्धजयन्ती भव्यताका साथ नमनाउन आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले भेला, जमघट भएर चण्डी पूर्णिमा ठूलो भेला र जमघट गरी नमनाउन आग्रह गरेको हो ।

सूचनामा कोरोना संक्रमण फैलनबाट बच्न राज्यले अवलम्बन गरेको लकडाउनको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ । प्रसासनको आग्रह अटेरी गरी जमघट तथा डक डाउनको उल्लंघन हुने गरी कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रसासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology