Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा हराएको मोवाईल खोजी घरघरमा पुगेर मोवाईल धनीलाई बुझाउदै प्रहरी


1.6K
Shares

गोरखामा हराएको मोवाईल खोजी घरघरमा पुगेर मोवाईल धनीलाई बुझाउदै प्रहरी

गोरखा २१, बैशाख ।  जिल्ला प्रहरी कार्यालय गोरखाले बिभिन्न समयमा हराएका मोवाइल खोजी डकडाउनका समयमा फेला पारेको मोवाईल घरघरमा पुगेर मोवाईल धनीलाई बुझाएको छ । प्रहरीले लडडाउनका समयमा मोवाईल धनीहरु कार्यालय आउन नसक्ने भएपछि अहिलेसम्म फेला परेका ५ वटा मोवाईल घरघरमा पुगेर मोवाइल धनीलाई बुझाई सकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीले कार्यालय गोरखाले बिभिन्न समयमा मोवाइल हाराएको भनि निवेदन परेको आधारमा बिभिन्न समयमा हराएका मोवाईल खोजी कार्यलाई तिव्रता दिदै आएको छ । गोरखा प्रहरीले हराएका र चोरी भएका मोवाईल खोजी कार्यलाई तिव्रता दिएसंगै अहिलेसम्म ३४ वटा मोवाईलहरु खोजतलास गरी सम्बन्धित घरधनीलाई बुझाई सकेको जनाएको छ ।

निवदेनका आधारमा हराएका र चोरी भएका बाँकी मोवाईलको खोजी कार्य समेत जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology