बाँके २०, बैशाख । प्रहरीका अनुसार नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको नेपाली सेनाको गाडी र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते हुनुभएको छ ।
कोहलपुर नगरपालिका (११, एनटिभी रोडमा नेपाली सेनाको बा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर(२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएको भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको नेपाली सेनाको गाडी र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। किरणकी दिदी प्रतीक्षाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोहलपुर प्रहरीले जनाएको छ। रासस