Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जंगली भालुको आक्रमणबाट रामसिं मोक्तान घाइते


4.8K
Shares

जंगली भालुको आक्रमणबाट रामसिं मोक्तान घाइते

राजेन्द्र न्यौपाने
चितवन, २० बैशाख । मनहरी गाउँपालिका वडा नं। ४ मकवानपुरका रामसिं मोक्तान जंगली भालुको आक्रमणमा परि घाइते हुनुभएको छ । आज दिउँसो बाटोमा हिडिरहेका समयमा भालुको आक्रमणमा परेका मोक्तानलाई गाउँलेहरुले भालुको पञ्जाबाट छुटाएर चितवन स्थित मेडिकल कलेज पुर्याएका छन् ।

गहिरो चोट लागेका मोक्तानको चितवन मेडिकल कलेजमा उपचार भईरहेको अस्पतालमा रहेका गणेश थापाले जानकारी दिनभयो ।
आर्थिक अवस्था कमजोर भएका ५८ वर्षिय मोक्तानको उपचारका लागि सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

यतिबेला लकडाउनका समयमा जंगली जनावरहरु मानववस्ती वरपर आउने र मानिसहरु माथि आक्रमण हुने क्रम बढीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology