लिस्बन । पोर्चुगलको फारोमा कार्यरत एकनेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आउनु भएको थियो।
उहाँले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आउनु भएको थियो । लडेर आगोमा पर्नुभएका उहाँलाई उपचारका लागि फारो अस्पतालमा पुर्याइएको थियो । उहाँको मस्तिकमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ ।
घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी समेत पोर्तुगलमा बस्दै आउनु भएको छ ।