गोरखा २०, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ मा एक पुरुष मृत अबस्थामा फेला परेका छन् । छिमेकीको घरमा सुतेका झगरेका गुम्दे सार्की मृत शनिबार बिहान मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक सार्की छिमेकी वीरबहादुर थापाको घरमा शुक्रबार सुतेका थिए । अत्याधिक मादक पदार्थ सवेन गरी घर जान नसक्ने अबस्थामा रहेका सार्की थापाको घरमा सुतेका वडाध्यक्ष बासु थापाले जानकारी दिनुभयो ।
मृतक अबस्था सार्कीलाई भेटिएपछि घटनाको अनुसन्धानका लागी बोर्लाङ प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।