काठमाडौं, १८ बैशाख । सामाजिक संजालमा जथाभावी लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने पत्रकार दिपक पाठक रहेको प्रहरीले जनाएको छ । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० लाई सामाजिक सञ्जालमा जथाभावी गालीगलौच गर्ने पाठकलाई आज विहान प्रहरीले उनको घरबाटै पक्राउ गरको हो।
पत्रकार समेत रहेका पाठकले केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेपछि उनीमाथि साइबर क्राइमको अभियोग लागेको छ ।
पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन् । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दिनुभएको थियो
काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो । मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।