Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको शहिद लखन गाउँपालिकालाई कोरोना बिरुद्ध लड्न ३ लाख बरावर सहयोग


3.4K
Shares

गोरखाको शहिद लखन गाउँपालिकालाई कोरोना बिरुद्ध लड्न  ३ लाख बरावर सहयोग

गोरखा १८, बैशाख ।

गोरखा – नेपाल शिक्षक महासंघले कोरोना संक्रमितको हितमा काम गर्ने गरी ३ लाख बरावरको सहयोग उपलब्ध गराएको छ । महासंघले जिल्लाको शाहिद लखन गाउँपालिकालाई उत्त रकम उपलब्ध गराएको हो ।(महासंघले विज्ञप्ती जारी गर्दै नोबल कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको समयमा शहिद लखन गाउँपालिकालाई आवश्यक सुरक्षा, सतर्कता कायम गर्ने कार्यमा सघाउन तथा लामो समयको बन्दाबन्दीको अवस्थामा गाउँपालिका भित्रका अत्यावश्यक कार्य सञ्चालन गर्न सहयोग पुरयाउने उद्वेश्यकासाथ २ लाख ६७ हजार २४६ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको’ जनाएको छ ।

महासंघले उपलब्ध गराएको यो रकम गाउँपालिका भित्र कार्यरत शिक्षकहरुको १ दिनको तलब भएको महासंघका गाउँपालिका सचिव सिताराम ढकालले बताउनुभयो । उत्त रकम गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा नगदै जम्मा गरिएको सचिव ढकालले जानकारी दिनुभयो ।

प्रदान गरिएको रकम ०७६ साल चैत्र महिनाको तलबबाट कट्टाहुने गरी प्रदान गरिएको महासंघका गाउँपालिका अध्यक्ष ईश्वर कट्टेलले जानकारी दिनुभयो ।

यस अघि पनि गाउँपालिकालाई शिक्षकहरुको संस्था नेपाल शिक्षक संघले १० हजार र नेकपा समर्थित शिक्षक संगठनले १५ हजार सहयोग उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology