गोरखा १६, बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले गोरखा अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गर्नुभएको छ ।
पूर्व सभासद समेत रहनुभएका इन्चार्ज धितालले मंगलबार अस्पताल पुगेर ५० थान पिपिई अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । उहाँले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.नविन थापा लाई कोरोना भाइरस (कोभिड १९) का बिरुद्ध लड्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई सहयोग पु¥याउने उद्देस्यले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोगमा उक्त सामग्री अस्पताललाई हस्तान्तरण गरिएको इन्चार्ज धितालले जानकारी दिनुभयो ।