काठमाण्डौं १६, बैशाख । काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ११ सय सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई लकडाउन कडा गर्न निर्देशन दिएसँगै ट्राफिक प्रहरीले उपत्यकामा कडाई थालेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यका बाहिर जान खोज्ने करिब तीन सय जनालाई सडकमै उभ्याएर प्रशिक्षण दिएको छ । त्यस्तै अनावश्यक रूपमा हिँडडुल गर्ने ११ सय जनालाई समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्तको कार्याल रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले सीआइएनलाई जानकारी दिनुभयो ।
अहिलेसम्म आठ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको कार्यालयले जनाएको छ । आठ सय १४ मध्ये दुई पाङ्ग्रे सवारीसाधन सात सय २१ छन् भने ९३ चार पाङ्ग्रे सवारीसाधन छन् ।
आजदेखि १० दिनका लागि लकडाउन लम्बिएसँगै काठमाडौंबाहिर जान खोज्नेको संख्या पनि बढेको छ । प्रहरीले उपत्यका बाहिर जान खोज्नेलाई आफ्नै कोठामा जान अनुरोध गरिरहेको छ ।