गोरखा १५ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकाले वडा नम्बर ७ स्थित श्री शहिद स्मृति माध्यामिक बिधालयमा क्वारेन्टाइनमा रहेका सवैको ¥यापिड डाइगनेस्टिक टेस्ट ( आरटिडी ) बिधि मार्फत कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सवैको स्वास्थ्य रिर्पोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
‘त्यहाँ रहेका १९ जनाको कोरोना परीक्षण गरिएको हो, उहाँले भन्नभयो, ‘परीक्षण गरिएका सवैको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।’ गाउँपालिकाले बिभिन्न ठाउँबाट आएकाहरुलाई व्यक्तिहरुलाई कोरोना भाइरसकोे जोखिमको रोकथाम र न्यनिकरणका लागि सामुहिक क्वारेन्टाइन निर्माण गरी क्वारेन्टाइनमा राख्दै आएको थियो ।
गाउँपालिकाले १४ दिन सामुहिक क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गरी घरमा थप ७ दिन होम क्वारेन्टाइन्मा रहने गरी घर पठाउने गर्दै आएको छ ।